arrow

नेपालले ओमानविरुद्धको खेलमा पहिले बलिङ गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
cricket-nepal-oman-2021.jpg

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफनो अन्तिम खेलमा नेपालले आयोजक ओमानविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएको छ । 

ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आइतवार टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । अनुभवी ब्याट्सम्यान शरद भेषावकर र आरिफ शेखले आइतवारको खेल खेल्नेछन् । नेपालले कुशल मल्ल र गुलशन झालाई बेन्चमा राखेको छ । 

घरेलु टोली ओमानविरुद्धको पहिलो खेल गुमाएको नेपाल त्यसको बदला लिँदै सिरिजमा सुखद अन्त्यको योजनामा हुनेछ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । 

त्यस्तै मङ्गलबार भएको दोस्रो खेलमा भने नेपाल ओमानविरुद्ध पाँच विकेटले पराजित भएको थियो । शुक्रबार भएको अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । लिगमा सात खेलबाट ६ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ भने १२ खेलबाट २० अङ्क बटुलेको ओमान अङ्क तालिकाको शीर्ष स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ