arrow

चिनियाँ चिन्ताको बीच जापान र भियतनामबीच रक्षा सम्झौतामा हस्ताक्षर

logo
एजेन्जी,
प्रकाशित २०७८ असोज ४ सोमबार
japan-vietnam-defense-deal.jpeg

टोकियो। जापानले शनिवार हस्ताक्षर गरेको सम्झौता अन्तर्गत भियतनामलाई रक्षा उपकरण र प्रविधि दिन सक्ने प्रावधान राखिएको छ। चिनियाँ प्रभावमा र पहुँचमा रहेको भनिएको भियतनाममा चीनको बढ्दो सैन्य प्रभावलाई काउन्टर गर्नका लागि जापानले दुई देशबीच सैन्य सहयोगका लागि रक्षा सम्झौतामा हस्ताक्षर गरेको विश्लेषण गरिएको छ।

जापानका रक्षा मन्त्री नोबुओ किशीले यो सम्झौताले उनीहरूको रक्षा साझेदारीलाई नयाँ स्तरमा पुर्‍याउने तथा बहुराष्ट्रिय संयुक्त अभ्यास र अन्य माध्यमबाट रक्षा सम्बन्धलाई अझ गहिरो बनाउने योजना बनाएको बताएका छन्। नौसेना जहाजहरूसहित विशिष्ट उपकरणको स्थानान्तरणको बारेमा विवरणपछि वार्तामा काम गरिनेसमेत मन्त्रालयले जनाएको छ। 

भियतनामी समकक्षी फान भान जियाङसँग हनोईमा किशीको भेट चिनियाँ विदेश मन्त्री वाङ यीको भियतनामी राजधानीको दुई दिने भ्रमणको क्रममा भएको थियो। उनले भियतनामलाई कोरोना भाइरसको भ्याक्सिनको ३० लाख डोज सहयोग गर्नेसमेत बताएका थिए। 

अमेरिकाको उपराष्ट्रपति कमला ह्यारिसले दक्षिणपूर्वी एसियाली राष्ट्रसँग सम्बन्ध सुदृढ पार्न भियतनामको यात्रा गरेको दुई हप्तापछि यो सम्झौता भएको हो। भ्रमणको क्रममा ह्यारिसले दक्षिण चीन सागरमा चीनले दिएको धम्कीविरुद्ध देशहरूलाई उभिन आग्रह गरेकी थिइन्। 

जापानको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इन्डो प्यासिफिक क्षेत्रमा नेभिगेसन र ओभरफ्लाइटको स्वतन्त्रता कायम राख्ने महत्त्वका साथै साइबर सुरक्षासहित विभिन्न रक्षा क्षेत्रमा सहयोग गर्न सहमत भएको जनाएको छ। 

टोकियोले नियमित रूपमा जापान नियन्त्रित सेन्काकु टापुको नजिक चिनियाँ कोस्ट गार्डको उपस्थितिको विरोध गरिरहेको छ। जसलाई चीनले पनि दायोयु बोलाउँछ। जापानी अधिकारीहरूले चिनियाँ जहाजहरूले नियमित रूपले द्वीपहरूको आसपास जापानी क्षेत्रीय जल सीमाको उल्लङ्घन गरिरहेको आरोप लगाएका छन्। 

वार्ताको क्रममा, किशीले बल प्रयोग गरेर वा तनाव बढाउने कुनै गतिविधिले यथास्थिति परिवर्तन गर्ने कुनै एकपक्षीय प्रयासको जापानले कडा विरोध गर्ने बताएका छन्। 

भियतनाम ११ औँ राष्ट्र हो जससँग जापानले रक्षा उपकरण र टेक्नोलोजी हस्तान्तरण सम्झौता गरेको थियो। टोकियो आफ्नो लामो समयको सहयोगी संयुक्त राज्य अमेरिकाभन्दा बाहिर सैन्य सहयोग विस्तार गर्न खोजिरहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ