arrow

तालिबानले शरिया कानून अन्तर्गत नै शिक्षा सञ्चालन गर्ने, छात्राले पढ्न नपाउने

logo
एजेन्जी,
प्रकाशित २०७८ असोज ४ सोमबार
afghan-women.jpg

काबुल। अफगानिस्तानमा तालिबानको आदेशमा शनिबारदेखि सबै स्कुललाई खुल्ला गरिएको छ तर केवल छात्रहरूलाई स्कुल जाने अनुमति दिइएको छ। साथै शिक्षक पनि केवल पुरुष नै हुनेछन् ।

छात्राहरूलाई भने स्कुल जानमा रोक लगाइएको छ। तालिबानले जारी गरेको विज्ञप्तिमा शनिबारेदेखि केवल छात्रहरूको निम्ति स्कुलहरूलाई पुनः सुरु गरिएको उल्लेख गर्दै अध्यापनको लागि सबै पुरुष शिक्षक मात्र स्कुलहरूमा जान सक्ने बताइएको छ।

तालिबानको उक्त कदमपछि युनिसेफले सबै छात्राहरू बिना कुनै ढिलाइ शिक्षा पुनः सुरु गर्न सकुन् भन्ने प्रतिक्रिया दिएको छ। त्यसको निम्ति महिला शिक्षकहरूको आवश्यकता रहेको युनिसेफले बताएको छ।

तालिबानले महिलासम्बन्धी मामिलाको मन्त्रालयलाई पनि बन्द गरेको छ। यसबाट महिलाहरूप्रति तालिबानको रवैया जस्ताको त्यस्तै रहेको प्रस्ट भएको छ। नवनियुक्त शिक्षा मन्त्री शेख अब्दुलबाकी हक्कानीले शरिया कानुन अन्तर्गत नै शिक्षा सञ्चालन हुने प्रस्ट पारेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ