arrow

रुसी संसदीय चुनाव : धाँधली भएको आरोपकाबीच पुटिनको पार्टी जित्ने तयारीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
russia.jpg

काठमाडौँ । रुसी संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीले बहुमत ल्याउने सम्भावना राखेको छ । विपक्षीहरूले चुनावमा व्यापक धाँधली भएको आरोप लगाइरहेका बेला पुटिनको पार्टी युनाइटेड रसियाले भने बहुमतको जित हात पार्ने सम्भावना देखिएको हो ।

उसो त, पुटिनले आफ्ना विपक्षी एवं कट्टर आलोचक व्यक्ति र पार्टीका नेताहरूलाई विभिन्न आरोप लगाइ, जेल हालेर चुनावमा उठ्ने नमिल्ने अवस्थामा पुर्‍याएका थिए । यस्तै जबरजस्ती भोट हाल्न लगाइएको आरोपसमेत अहिले पुटिनको पार्टीलाई लागिरहेको छ ।

मतदाताहरूले रुसी संसद् डुमाका लागि ४ सय ५० सांसद चयन गर्ने छन् । जसका लागि १४ पार्टीहरूले चुनाव लडेका छन् ।

निर्वाचन आयोगले ६४ प्रतिशत मतगणना भई सक्दासम्म युनाइटेड रसिया अर्थात् सत्तारुढ पार्टीले ४८ प्रतिशत जित हात पारेको जनाएको छ । यस्तै कम्युनिस्ट पार्टीले २१ प्रतिशत मत हात पारेको छ ।

युनाइटेड रसिया पार्टीले आइतबार नै आफ्नो जित दाबी गरेको थियो । युनाइटेड रसिया पार्टीले जित हात पार्दा अब, पुटिनको कार्यकाल सन् २०२४ पछि सन् २०३६ सम्म लम्बिन सक्ने लगायतका विभिन्न संवैधानिक फेरबदल हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ