arrow

सभामुख र निर्वाचन आयोग विरुद्धको मुद्दाको सुनुवाइ आज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
supreme-court-long.jpg

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र  निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदै छ । एमाले अध्यक्ष ओलीले सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिटको पेशी आजलाई तोकिएको हो। 

सो रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुने गरी पेशीमा चढेको सर्वोच्च अदालतले जनाएको छ । ओलीले १४ सांसदको अवैध हस्ताक्षर निर्वाचन आयोगले सनाखत गराएको रिटमा भनेका छन् । 

यस्तै सभामुखले आफ्नो दलले कारबाही गरेका १४ जना सांसदलाई गरिएको कारबाहीको सूचना संसद्मा टाँस नगरेको निवेदनमा भनेका छन् । उनले एमाले फुटाउन भूमिका खेलेको रिटमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ