arrow

पंजाबमा पहिलो दलित मुख्यमन्त्री बने चरणजीत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
charanjit-singh-channi.JPG

काठमाडौं । ३२ प्रतिशत दलित जनसंख्या भएको भारतको पंजाब राज्यमा पहिलो पटक दलित मूख्यमन्त्री भएका छन् । कांग्रेस आई पहिलो पार्टी बनेको छ जसले दलित मुख्यमन्त्री बनायो । 

कांग्रेसले चरणजीत सिंह चन्नीलाई मुख्यमन्त्री बनाएको हो । उनले सोमबार पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । उनीसँगै उपमुख्यमन्त्री सुखजिन्दर सिंह रन्धावा र ओपी सोनीले पनि शपथ लिएका छन् । 

पंजाबमा पहिलो पटक दुई जना उपमुख्यमन्त्री बनाइएका छन् । अपमानित भएर मुख्यमन्त्री छाड्नु परेका क्याप्टेन अमरिन्दर सिंह भने शपथ समारोहमा आएनन् । 

स्रोतका अनुसार चन्नीले दिउँसो निवर्तमान मुख्यमन्त्री सिंहलाई भेट्न उनकै फार्म हाउस जानेछन् । 

पंजाब कांग्रेस प्रमुख पूर्व क्रिकेटर नवजोत सिंह सिद्धुको समर्थनमा चन्नी मुख्यमन्त्री बनेका हुन् । 

उनको कार्यकाल साढे ५ महिनामात्र रहेको छ । उनकै नेतृत्वमा पंजाबमा विधानसभा चुनाव हुनेछ । चन्नी अहिलेसम्म शिक्षा मन्त्री मात्र बनेका छन् । अब उनले के सम्हाल्ने छन् भन्ने यकिन छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ