arrow

रुसी विश्वविद्यालयमा विद्यार्थीले गोली चलाउँदा ८ जना मारिए, थुप्रै घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
russiaaa.jpg

काठमाडौँ । रुसको पर्म सहरको विश्व विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा आठ जना मारिएका छन् । यो सहर रुसको राजधानी मस्को भन्दा १३ सय किलोमिटर पूर्वमा पर्छ ।

घटनापछि ती विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा परी दर्जन बढी व्यक्ति घाइते भएका छन् । कतिपय घटनाकै क्रममा र कतिपय भाग्न खोज्दा घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गोली चलेपछि विद्यार्थी एवं कर्मचारीहरूले आफू रहेको ढोका थुनेर बसेका थिए भने कतिपयले झ्यालबाट हाम फालेको दृश्य देखिएको थियो ।

स्कुल एवं विश्वविद्यालयमा गोली चलेको घटना रुसमा दुर्लभ हो । लाइसेन्स र अन्य केही तालिमपछि रुसमा सुरक्षा, खेलकुद र विशेष किसिमले हतियार राख्न एवं खरिद गर्न पाइन्छ ।

गत मे ११ मा कजान सहरमा एक किशोरले सात बालबालिका र दुई शिक्षकको गोली हानी हत्या गरेका थिए । त्यसपछि रुसले बन्दुक खरिद गर्न सक्ने उमेर १८ वर्षबाट बढाएर २१ वर्ष पुर्‍याएको थियो यद्यपि, नयाँ कानुन कार्यान्वयनमा आउन बाँकी छ ।

यसअघि सन् २०१८ मा रुसले कब्जा गरेको क्रिमियामा एक कलेजमा भएको आक्रमण २० जना मारिएका थिए । यो त्यसयताकै ठुलो घटना हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ