arrow

क्यानडा संसदीय चुनाव : जस्टिन ट्रुडोको लिबरल पार्टीले सरकार बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ५ मंगलबार
canada-pm-justin_-trudeau.jpg

काठमाडौं । क्यानडाको संसदीय चुनावमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले नै सबैभन्दा बढी सिट जितेको छ । क्यानेडियन सञ्चार माध्यम ग्लोबलन्युजका अनुसार लिबरल पार्टीले १५६ सिट जित्ने निश्चित भएको छ । यद्यपि, सरकार गठनका लागि १७० सिट आवश्यक थियो । अब, ट्रुडोको पार्टीले यसअघि झैँ गठबन्धन सरकार गठन गर्ने तयारी गरेको छ ।

लिबरल पार्टीको प्रतिस्प्रर्धी कन्जरभेटिभ पार्टीले १२१ सिट जितेको छ । यस्तै बिक्यु पार्टीले ३२, न्यु डेमोक्रेटिक पार्टीले २७ र ग्रिन पार्टीले २ सिट जितेको छ । प्रधानमन्त्री ट्रुडोले सांसदका रूपमा  कुबेक शहरको पापीनोमाबाट जित हात पार्दै आफ्नो सिट सुनिश्चित गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ