arrow

‘कोप २६’ विश्वका लागि महत्त्वपूर्ण हुने बेलायती प्रधानमन्त्रीको भनाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ५ मंगलबार
boris-johnson2.jpg
फाइल तस्विर।

न्यु योर्क । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप २६’ विश्वका लागि नै  महत्त्वपूर्ण हुने जानकारी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले दिएका छन् । उनले विश्वमा अहिले जलवायु परिवर्तनको पनि ठुलो समस्या रहेको र विश्व नै यो समस्याबाट आक्रान्त भइरहेको भन्दै उक्त सम्मेलन यस क्षेत्रको समस्यालाई कम गर्ने विषयमा महत्त्वपूर्ण रहने धारणा राखेका हुन् । 

संयुक्त राष्ट्रसङ्घीय मुख्यालय न्यु योर्क सम्वाददाताहरुसँगको कुराकानीका क्रममा उनले सो जानकारी दिएका हुन्। त्यस क्रममा उनले भने– 'मलाई लाग्छ यो सम्मेलनमा हामी सबैलाई र विश्वका लागि पनि एक महत्त्वपूर्ण मञ्च हुनेछ, जहाँ हामीहरूले आफ्ना जिम्मेवारीका बारेमा पनि हामीले एक आपसमा कुरा गर्नेछौँ र हामीले यस विषयमा आवश्यक छलफल र परामर्श पनि गर्न सक्नेछौँ ।' 

यस सम्मेलनका अवसरमा विश्वका धनी देशहरूले जलवायु परिवर्तनको असरका बारेमा आफूहरूले गर्नुपर्ने कामहरूको प्रतिबद्धता पूरा गर्ने विषयमा कुराकानी गर्नुपर्ने र यसका साथमा गरिब तथा विश्वमा जलवायु परिवर्तनबाट प्रभावित देश र जनताको लागि पनि सहयोग गर्नुपर्ने प्रतिबद्धताको बारेमा पनि स्मरण गर्नुपर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ