arrow

भारतमा थप २६ हजार सङ्क्रमित, २५२ को मृत्यु

logo
एएनआई
प्रकाशित २०७८ असोज ५ मंगलबार
corona-india-keral.jpg
तस्बिर : फाइल

नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट थप २६ हजार सङ्क्रमित भएका छन्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २६ हजार ११५ जना नयाँ सङ्क्रमित थपिएका जनाएको छ। योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या तीन करोड ३५ लाख चार हजार ५३४ पुगेको अधिकारीहरूले जनाएका छन्।

त्यसै गरी पछिल्लो एक दिनमा मृत्यु भएकाहरूको सङ्ख्या भने २५२ रहेको छ। योसँगै कुल मृतकको सङ्ख्या चार लाख ४५ हजार ३८५ पुगेको छ। भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने तीन लाख नौ हजार ५७५ देखिएको छ। यो सङ्ख्या १८४ दिनपछिकै सबैभन्दा कम भएको अधिकारीहरूले जानकारी दिएका छन्।

पछिल्लो एक दिनमा ३४ हजार ४६९ जना सङ्क्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ