arrow

अफगानिस्तानबाट यस वर्ष छ लाखभन्दा बढी विस्थापित

logo
रासस-सिन्ह्वा
प्रकाशित २०७८ असोज ५ मंगलबार
flag-afganistan.jpg

काबुल। यस वर्ष मात्र अफगानिस्तानबाट छ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले जनाएको छ ।उक्त निकायका अनुसार यस वर्ष अफगानिस्तानमा हिंसाका कारण ६ लाख ३५ हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

 उक्त निकायले तीमध्ये गएको महिना दिनमा मात्र कम्तीमा १२ हजार जना व्यक्ति विस्थापित भएर राजधानी काबुल आएका बताएको छ । यसरी काबुल आएकाहरूमध्ये अधिकांश अफगानिस्तानको पञ्जसिरबाट आएका हुन् ।

 ती व्यक्ति पछिल्लो समयमा अफगानिस्तानमा तालिबानहरूले सुरु गरेको सत्ता कब्जा र त्यसपछि यहाँका तालिबान र सेनाबीचको भिडन्तका कारण विस्थापित हुन पुगेका बताएको छ । उता शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले पनि हालै मात्र अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको थियो ।

 उक्त संस्थाले यहाँको अवस्था दिन प्रतिदिन खराब हुँदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरूका लागि पनि यहाँका तालिबानहरूसँग सम्पर्कमा रहेर नागरिकको अवस्थाको बारेमा जानकारी लिन र अत्यावश्यक परेको सहयोग लिनका लागि पनि आग्रह गरेको थियो ।

अहिले अफगानिस्तानमा धेरै कुराको खाँचो रहेको र यहाँका नागरिकलाई खाना, औषधि, बास तथा अन्य सबै चिजहरू चाहिएको पनि सो संस्थाले हालै एक विज्ञप्ति प्रकाशन गरेर जानकारी गराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ