arrow

संयुक्त राष्ट्र सङ्घको महासभामा बोल्न पाउन तालिबानले गर्याे आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
suhail-shaheen.jpg

काठमाडौँ । तालिबानले यस हप्ता अमेरिकाको न्यु योर्क सहरमा हुने संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्न पाउनका लागि आग्रह गरेको छ।

तालिबानले गठनको गरेको सरकारका परराष्ट्र मन्त्रीले सोमबार एक पत्रमार्फत यस्तो अनुरोध गरेका हुन्। संयुक्त राष्ट्र सङ्घको समितिले यसमा निर्णय गर्ने छ । 

तालिबानले आफ्नो दोहास्थित प्रवक्ता सुहेल शाहीनलाई अफगानिस्तानको संयुक्त राष्ट्रसङ्घीय राजदूत नियुक्त गरेको छ। यसअघि अश्रफ घनी नेतृत्वको सरकारका संयुक्त राष्ट्रसङ्घीय राजदूत अब मान्य नरहेको तालिबानको भनाइ छ ।

१५ अगस्तमा अफगानिस्तानका राष्ट्रपति अश्रफ घनीले देश छोडेका थिए । त्यसपछि अश्रफ घनीको सरकारलाई अन्य देशहरूले मान्यता नदिएको बताउँदै आफूले नियुक्त गरेका राजदूत  शाहीनलाई बोल्नका लागि तालिबानले अनुरोध गरेको हो ।

यद्यपि, अमेरिका, चीन र रुसलगायतका सदस्य रहेको समिति संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभाअघि भेट्ने सम्भावना कम रहेको बताइएको छ । 

तब सम्म, संयुक्त राष्ट्र सङ्घ को नियम अन्तर्गत, गुलाम इसकजाई अफगानिस्तान को राजदूत रहनेछन्। र उनी संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभामा बोल्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ