arrow

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढीमा संक्रमण

logo
सिन्ह्वा,
प्रकाशित २०७८ असोज ६ बुधबार
corona-test-england.jpg

लन्डन ।  बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा ३१ हजार भन्दा बढी संक्रमित भएको बताइएको छ । 

बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले गएको २४ घन्टा यतामात्र करिब ३१ हजार ५६४ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका बताएका छ । बेलायतमा केही दिनयताको यो संक्रमितको संख्या धेरै हो । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार केही हप्तायता यहाँ ठूलो संख्यामा नयाँ संक्रमितहरु थपिने क्रम जारी रहेको छ । 

उनीहरुकाअनुसार यहाँ आजसम्म यहाँका संक्रमितहरुको संख्या ७४ लाख ९६ हजार ५२० जना पुगेको छ । त्यसैगरी यहाँ यस संक्रमणबाट भएको मृत्युको संख्या १ लाख ३५ हजारभन्दा बढी पुगेको छ । गएको २४ घन्टामा मात्र यहाँ २०३ जनाको यही संक्रमणबाट ज्यान गएको बताइएको छ । 

लन्डनमा कोभिड १९ को अवस्था समयसमयमा सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको बताइएको छ । केही समयअघि यहाँ भाइरसका संक्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भएपनि पछिल्लो हप्ताहरुमा महामारीको संक्रमण फेरि बढ्न सक्ने खतरा देखिएको बताइएको छ । यहाँ केही समय यतादेखि हरेक दिन ३० हजार जना भन्दा पनि बढी संक्रमित थपिने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ