arrow

भारतमा छ महिना पछिकै सवैभन्दा थोरै संक्रमित

logo
एएनआई,
प्रकाशित २०७८ असोज ६ बुधबार
corona-india-keral.jpg

नयाँ दिल्ली । भारतमा संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या छ महिना पछिकै सवैभन्दा कम भएको छ । सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारी अनुसार अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख एक हजार ९८९ पुगेको छ । यो सङ्ख्या १८६ दिनपछिकै सवैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

भारतमा सक्रिय संक्रमितहरुको सङ्ख्या पछिल्लो समय लगातार घट्दै गएको छ । दैनिक नयाँ संक्रमितभन्दा दैनिक संक्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी हुदै गएकाले सक्रिय संक्रमितहरुको सङ्ख्या घट्दै गएको हो । 
पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ९६४ जना नयाँ संक्रमितहरु थपिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

सोही अवधिमा ३४ हजार १६७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको देखिएको अधिकारीहरुले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल तीन करोड २७ लाख ८३ हजार ७४१ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख ४५ हजार ७६८ जनाको मृत्यु भएको छ । ती मध्ये ३८३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ