arrow

राष्ट्रसंघको महासभामा कोरोना : ब्राजिलका स्वास्थ्य मन्त्री दोस्रो संक्रमित

logo
एएफपी,
प्रकाशित २०७८ असोज ६ बुधबार
united-nation-india.JPG

ब्राजिलिया । ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वैरोगा कोरोनाभाइरसबाट संक्रमित भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपछि उनलाई संक्रमण पुष्टि भएको अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । 

राष्ट्रपति जैर बोल्सोनारोको नेतृत्वमा ब्राजिलको टोली अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको हो ।टोलीमा सहभागी अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको, तर संक्रमण नदेखिएको अधिकारीहरुले जनाएका छन ।

ब्राजिल सरकारले जारी गरेको वक्तव्यका अनुसार अहिले संक्रमित भएका स्वास्थ्य मन्त्री क्वैरोगाले कोरोना भाइरसविरुद्धको खोप पनि लगाएका थिए । राष्ट्रसंघको महासभामा सहभागी भएर फर्किएका मध्ये संक्रमित हुनेमा उनी दोस्रो व्यक्ति भएका छन् ।

संक्रमित ५५ बर्षीय स्वास्थ्यमन्त्री क्वैरोगा न्युयोर्कमै आइसोलेसनमा बसेको समाचारमा जनाइएको छ । तर टोलीमा सहभागी भएर पनि संक्रमण पुष्टि नभएका अन्य भने ब्राजिल फर्किसकेका छन् ।राष्ट्रपति बोल्सोनारो यात्राका क्रममा मास्क बिना देखिएको र उनले अहिलेसम्म खोप पनि लगाएको अधिकारीहरुले जनाएका छन् । 

स्वास्थ्यमन्त्री क्वैरोगासँगै रहेका बोल्सोनारोले महासभाका क्रममा अन्य देशका शिर्ष नेताहरुसँग पनि भेटवार्ता गरेका थिए । तर अहिलेसम्म पनि उनीहरुलाई संक्रमण भएको जानकारी नआएको वक्तव्यमा उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ