arrow

मनिलाका मेयरले फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी दिने

logo
सिन्ह्वा,
प्रकाशित २०७८ असोज ६ बुधबार
philip.JPG

मनिला । फिलिपिन्सको राजधानी मनिला नगरका मेयर फ्रान्सीस्को डोमागोसोले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उनले बुधबार औपचारिक गरेका हुन् । उम्मेदवारी घोषणा गर्नुअघि ४६ बर्षीय डोमागोसोले बृहत राजनीतिक र्‍याली निकालेका थिए  ।  

नगरपालिका भित्रको अति गरिव क्षेत्रमा निकालिएको र्‍यालीपछि आयोजित घोषणा सभामा उनले आफू विजयी हुने दाबी गरे ।  लोकप्रिय युवा राजनीतिज्ञ डोमागोसोले सवैको साथले आफू विजयी हुने र सरकारलाई पनि सवै मिलेर सफल बनाउने विश्वास व्यक्त गरे ।

राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्ने उनी तेस्रो नेता हुन् । यसअघि सिनेटर मन्नी पाक्वीयो र पान्फीलो लाक्सोनले पनि राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ