arrow

शर्माको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा 

logo
नारायण वली,
प्रकाशित २०७८ असोज ७ बिहिबार
sudip-sharma-nebisangh.jpg

 रुपन्देही । नेपाली कांग्रेसका युवा एवम नेतृत्वदायी उर्जा बोकेका विद्यार्थी नेता सुदिप शर्माले १४औं महाधिवेशनमा खुल्लाबाट महाधिवेशन प्रतिनिधिमा उमेद्बवारी दिने घोषणा गरेका छन् । पार्टीको केन्द्र स्तरदेखि जिल्ला सम्म राम्रो छवि बनाएका शालीन स्वभावका शर्मा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् ।

तिलोत्तमा नगरपालिका वडा ३ जानकीनगरमा जन्मिएका नेता शर्मा नेपाली कांग्रेसको केन्द्रिय राजनीतिको प्रभावशाली र जुझारु युवा नेताको रुपमा परिचित छन् । पार्टीका लागि जस्तो सुकै बलिदान र त्याग गर्न समेत पछी नपर्ने हक्की र शालीन स्वभावका नेता शर्मा पटक–पटक सांघातिक आक्रमणमा परेर मरणासन्न घाइतेसमेत भएका हुन् । विद्यार्थी जीवनबाट राजनीतिमा पाइला बढाएका शर्माले विद्यार्थी जीवनमा २०६० सालमा थापाथली इन्जिनियरिङ क्याम्पस काठमाडौं स्ववियु सदस्य भएका हुन् ।

त्यस्तै २०६१ सालमा त्रिवि स्ववियु परिषदको केन्द्रीय सदस्य,०६२ मा सोहि क्याम्पसमा निर्विरोध स्ववियु सभापति, ०६२–६३ को जनआन्दोलनमा जिम्मेवारपूर्ण भूमिका, ०६४ मा (महाधिवेशन प्रतिनिधि) नेपाल विद्यार्थी संघ, विभिन्न राजनैतिक घटनाका घाइते, ०६७ मा प्राविधिक विद्यार्थी परिषद फोट्सको केन्द्रीय सचिव, ०६९ मा प्राविधिक विद्यार्थी परिषद फोट्सको केन्द्रीय अध्यक्ष, नेपाल विद्यार्थी संघ १२ औं महाधिवेशनमा सह–महामन्त्रीका प्रत्यासी र ०७८ को नेपाली कांग्रेसको १४औ महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन् ।

पार्टी भित्र भएको गुट, उपगुटको राजनीतिलाई एकताबद्ध  गरेर विपीको सिद्धान्तलाई बिर्सन नहुने जस्ता इतिहासलाई जोगाउन सबैको भूमिका महत्वपूर्ण हुनुपर्ने आवाज उठाउने एक अब्बल युवा विद्यार्थी नेताको रुपमा चिनिन्छन् । 

नेपाली कांग्रेसको विद्यार्थीतर्फ रहेको नेविसंघमा राम्रो पकड बनाएका शर्मा १४ औं महाधिवेशनमा भने आफूलाई महाधिवेशन प्रतिनिधि खुल्लातर्फ उम्मेदवार घोषणा गरेका छन् ।

रुपन्देही क्षेत्र नं २ अन्तर्गत उम्मेदवारी घोषणा गरेका शर्माको जित सुनिश्चित जस्तै देखिएको छ । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका गरी ३ स्थानीय तहमा जम्मा २३ वटा वडामा वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरु मतदाता रहेछन् । संख्यात्मक हिसाबमा ६ सय ८० जना हुने छन् ।

बुटवल उप–महानगरपालिकाको वडा नं १ देखि १३, तिलोत्तमा नगरपालिकाको वडा न १ देखि ६ र सैनामैना नगरपालिकाको वडा नं १ देखि ४ सम्म छन् । 

महाधिवेशन प्रतिनिधिको विधान अनुसार महिला ४ जना, खुल्ला तर्फ १० जना र  समानुपातिक तर्फ १० जना गरी जम्मा २४ जना हुने प्रावधान छ ।

उम्मेदवारी घोषणा गरेका नेता शर्मा भन्छन्, ‘युवा शक्ति नै परिवर्तनका सम्वाहक हुन्, जसले असल समाज र राष्ट्र निर्माणमा सदैव महत्वपूर्ण भूमिका खेलेका छन् । हरेक देशको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनमा युवा शक्तिको जोस, जाँगर र आँटले क्रान्तिकारी भूमिका निर्वाह भएको छ ।’ 

विश्व इतिहासलाई हेर्दा पनि हरेक देशमा सत्ता परिवर्तन र विकासको सूचाङ्क बदल्ने समूह नै युवा भएको उनको दावी छ । चाहे, नेल्शन मण्डेला हुन् वा गान्धी हुन् वा वीपी कोइराला उनीहरूकै युवा शक्तिको नेतृत्वले आफ्नो राष्ट्रको राजनीतिक परिवर्तन सफल भएको ब्याख्या गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ