arrow

बाइडेन र म्याक्रोनबीचको फोन वार्तापछि राजदुत अमेरिका फर्किने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
biden macron.jpg

काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनबिच बुधवार फोन वार्ता भएको छ । वार्ताका क्रममा दुवै देशका राष्ट्रपति सम्बन्ध सुधार गर्न तयार भएका छन् ।

अमेरिकाले पेरिससँग सहकार्य नगरी फ्रान्सेली पनडुब्बीको साटो अमेरिकी पनडुब्बी किन्न अस्ट्रेलियासँग सम्झौता गर्नु गल्ती भएको स्वीकारेको छ । यससँगै फ्रान्स आफ्ना राजदूतलाई वासिंगटन पठाउन तयार भएको छ ।

३० मिनेट लामो फोन वार्तापछि जारी संयुक्त वक्तव्यमा दुवै देश थप विश्वास कायम गर्दै अक्टोबरको अन्त्यमा युरोपमा भेट्न तयार भएको बताइएको छ । 

यस्तै अमेरिकाले आतङ्कवाद विरुद्धका युरोपेली अपरेसनहरूलाई निरन्तर सहयोग गर्ने समेत बताएको छ । 

अमेरिका परमाणु क्षमताको पनडुब्बी उपलब्ध गराउनु भनेपछि अस्ट्रेलियाले ४० अर्ब अमेरिकी डलर भन्दा बढीको डिजेल क्षमताको पनडुब्बी किन्ने फ्रान्ससँगको सम्झौता खारेज गरेको थियो । यसपछि रुष्ट फ्रान्सले अमेरिकाबाट आफ्नो राजदूत फिर्ता झिकेको थियो । 

दुवै देशका राष्ट्रपतिबीच फोन वार्तासहित सहमती भएपछि पुन फ्रान्सले राजदुत अमेरिका पठाउने भएको हो । यसअघि फ्रान्सले आफ्नो राजदुतलाई फिर्ता बोलाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ