arrow

सुडानमा 'कु' प्रयासको सुरक्षा परिषद् सदस्यहरूद्वारा निन्दा

logo
सिन्ह्वा,
प्रकाशित २०७८ असोज ७ बिहिबार
sudan3.jpg

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा कूको प्रयासको कडा शब्दमा निन्दा गरेको छ । प्रेस वक्तव्य जारी गर्दै सुरक्षा परिषद्का सदस्यहरूले प्रधानमन्त्री अब्दल्लाह हमदोकको पक्षमा समर्थन व्यक्त गर्दै सुडानमा जारी संक्रमणको अन्त्य गर्दै एक समावेशी, शान्तिपूर्ण, सन्तुलितरूपले जनताको आशा र आकांक्षा प्राप्त गर्ने प्रयासमा आफूहरू सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । 

परिषद्का सदस्य राष्ट्रहरू सम्बन्धित पक्षलाई 'राष्ट्रिय सङ्कट र सङ्क्रमणको विषय' लाई गम्भीररूपले बुझ्न र सोही अनुरूप अगाडि बढ्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, "सुडानमा जनता र सैनिक पक्षले सहमति र सहकार्यका साथ संविधान र  जुबा शान्ति सम्झौताको मर्म अनुरूप अगाडि बढ्न र देशको संक्रमणलाई  पार लगाउन आग्रह गर्दछौं। " 
    
त्यसैगरी परिषद्का सदस्य राष्ट्रहरूले सुडानी जनता र देशका पक्षमा ऐक्यबद्धता व्यक्त गर्दै सङ्क्रमणको यस चरणमा सुडानको  सम्प्रभुता,  स्वतन्त्रता,  भौगोलिक अखण्डता, राष्ट्रिय एकताको पक्षमा प्रतिबद्धता व्यक्त गरेका छन्  । 
     
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले उक्त घटनाको मङ्गलबार निन्दा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ