arrow

फाइजर खोपको 'बुस्टर डोज'लाई अमेरिकाले दियो अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
vaccine-pfizer-biotech.jpg

काठमाडौं। विश्वका विभिन्न मुलुकले कोरोना भाइरसविरुद्धको खोपको 'बुस्टर डोज' अर्थात् पूर्ण मात्रा पछिको थप मात्रालाई अनुमति दिएका छन् । 

सुरुमा इजरेलले आफ्ना नागरिकहरूलाई बुस्टर डोज दिन सुरु गरेको थियो । त्यसपछि जर्मनीसँगै अहिले अमेरिकाले समेत फाइजर खोपको बुस्टर डोज लगाउन अनुमति दिएको हो ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले ६५ वर्षमाथिका नागरिकहरूलाई फाइजरको खोपको दोस्रो मात्रा लगाएको कम्तीमा ६ महिनापछि मात्रै तेस्रो मात्रा अथवा बुस्टर डोज लगाउन अनुमति दिएको हो ।

यस्तै कोरोना भाइरसको सङ्क्रमणपछि गम्भीर अवस्थाको बिरामी हुनसक्ने जुनसुकै उमेर समूहका नागरीहरूका लागि समेत एफडीएले बुस्टर डोज लगाउन अनुमति दिएको छ । यद्यपि, बुस्टर मात्रा पूर्ण खोप लगाएको ६ महिनापछि मात्रै लगाउनुपर्नेछ ।

६ महिनापछि खोपको प्रभावकारिता कम हुने र त्यस समयावधिमा बुस्टर मात्रा लगाउँदा ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहने इजरायली अध्ययनले देखाएको थियो ।

विश्वका कयौँ देशहरूले आफ्नो १० प्रतिशत नागरिकलाई समेत खोप लगाउन नपाएको अवस्थामा धनी देशहरूले भने बुस्टर डोज लगाउन थालेका छन् । यद्यपि, विश्व स्वास्थ्य सङ्गठनले भने सन् २०२२ देखि मात्रै बुस्टर डोज लगाउन र त्यतिन्जेल समानुपातिक तरिकाले खोप वितरण गर्न आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ