arrow

तालिवानते अफगानिस्तानमा उइगुर नभएको बारे चीनलाई पार्‍यो आश्वस्त

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज ७ बिहिबार
taliban-afgan.jpg
फाइल तस्बिर

काबुल। आतङ्कवादी समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि त्यहाँ रहेको विदेशी नागरीहरूलाई विभिन्न मुलुकहरूले फिर्ता लैजाने क्रम सुरु गरेका थिए। यसरी विभिन्न मुलुकहरूले अफगानिस्तानबाट आफ्नो नागरिक फिर्ता लगेसँगै अफगानिस्तानमा निर्वासित जीवन बाँचिरहेका उइगुरहरू लाई फिर्ता बोलाउने चिन्ता बढेको थियो। चीनमा प्रायः निर्वासनमा रहेका उइगुर कार्यकर्ताहरूलाई पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन (ईटीआईएम) को सदस्यको रूपमा चिनिन्छ।

चीनले उइगर स्वायत्त क्षेत्र सिन्जियाङमा रहेको उइगुरहरू लाई चीनले हिरासतमा राखेर यातना दिने गरेको छ। चीनले उइगुरहरूलाई नियन्त्रणमा राखेर जबरजस्ती श्रममा लगाउने, बलात्कार गर्ने, कुटपिट गर्ने, सुँगुरको मासु खान बाध्य पार्ने लगायतका गतिविधिहरू गरिरहेको छ।

चीनको उक्त व्यवहारका कारण कयौँ उइगुरहरू बेपत्ता भएका छन्। तालिवानको कब्जापछि अफगानिस्तानमा रहेको उइगुरहरू पनि सुपुर्दगीको त्रासमा रहेका थिए। तर, अफगानिस्तानमा उइगुरहरू नभएको तालिबानी प्रवक्ताले बताएका छन्। 

रेडियो फ्री एसियाले एक तालिबानी नेताको हवाला दिँदै पेस गरेको रिपोर्टमा चीनले आफ्नो सुदूरपश्चिमी सिनजियाङ क्षेत्रमा मुस्लिम जातीय अल्पसङ्ख्यकमाथि बढ्दो कठोर शासनको औचित्यको रूपमा प्रयोग गर्दै तालिबानले उइगुरहरू नभएको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ