arrow

अफगानिस्तानका वार हिरोको रोममा सम्झिइए

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज ७ बिहिबार
afgan.png.png
फाइल तस्बिर

रोम। इटालीको रोममा अफगानिस्तानका छापामार कमान्डर अहमद शाह मसूदको २० औँ स्मृति दिवसको अवसरमा एक उच्चस्तरीय सङ्गोष्ठीको आयोजना गरी श्रद्धाञ्जली अपर्ण गरिएको छ। रोमस्थित अफगानिस्तान दूतावासद्वारा आयोजित उक्त कार्यकममा मसूदको योगदानको उच्च सम्मान गरिएको छ। 

अफगानिस्तान, तालिबान र भविष्य शीर्षकको विचार गोष्ठीमा इटालियन संसद् सदस्य र विदेश मामिला आयोगको सदस्यसमेत रहेका यारा इम, वाल स्ट्रीट जर्नलका विदेश मामिला संवाददाता गाब्रियल कोलारुसो लगायतको उपस्थिति रहेको थियो। 

आयरल्याण्ड र चेक गणतन्त्रको कूटनीतिक मिशनका उपप्रमुखहरूले पनि कार्यक्रममा प्रतिनिधित्व गरेका थिए। इटालीका लागि इस्लामिक गणतन्त्र अफगानिस्तानका राजदूत खालिद जक्रियाले अन्तर्राष्ट्रिय समुदायलाई तालिबान सरकारलाई मान्यता दिन नहुने आवश्यकताको बारेमा आफ्नो धारणा व्यक्त गरेका छन्। उनले अफगानिस्तान आज आतङ्कवादीहरूको सरकारको हातमा रहेको उल्लेख गर्दै अफगानिस्तानको आशा र सपनाहरूको प्रतिनिधित्व गर्ने र मसूदको रगतले बनेको बताएका छन्। 

मसूदको बलिदान महत्त्वपूर्ण रहेको र यसले अफगानिस्तानको आधुनिक राज्यको आधार बनाइएको धारणा वक्ताहरूले राखे। पाकिस्तान समर्थित तालिबान सरकारले आगामी दिनहरूमा नष्ट गर्ने प्रयास गर्ने धेरैको आशङ्का छ।

मसूदलाई हजारौँ अफगान सैनिकहरूले आफ्नो मातृभूमिको रक्षाको लागी आफ्नो ज्यान दिने योद्धाका रूपमा स्मरण गर्ने बताएका छन्। खालिद जक्रियाले भने, अफगानिस्तानको सुरक्षा बल भर्खरै ढल्यो भन्ने कथा एक भयानक प्रचार थियो, किनकि २०१२ देखि धेरैजसो लडाई अफगानिस्तानका सैनिकहरूबाट भइरहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ