चीनले जापानी क्षेत्रमा मानवरहित विमान उडाउँदै फेरि गर्यो घुसपैठ
एजेन्सी,
प्रकाशित २०७८ असोज ७ बिहिबार
1.5k
Shares
एजेन्सी। पछिल्लो समय चीनले छिमेकी मुलुकहरूमा सीमा अतिक्रमण र घुसपैठलगायतको कार्य गर्दै आएको आरोप फेरि लागेको छ। जापान नजिक चीनको मानवरहित विमानले उडान भरेपछि जापानले यसले क्षेत्रीय स्थिरतामा खतरामा पार्ने बताएको छ। चीनले मानवरहित विमान क्षमताको उपयोग गर्दै परिष्कृत रूपमा सैन्य ड्रोन पठाउनेतर्फ ध्यान केन्द्रित गरेको साउथ चाइना मर्निङ पोस्टले समाचार प्रकाशित गरेको छ।
जापान र चीनबीच लामो समयदेखि केही साना टापुका विषयमा मनमुटाब रहँदै आएको छ । समाचार अनुसार अगस्ट महिनाको अन्तिममा जापानको छेउमा तीन वटा चिनियाँ सैन्य ड्रोन आइपुगेको देखिएको थियो ।
टोकियोले चिनियाँ गतिविधिको अनुसन्धान गरिरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । जापानी अधिकारीहरूले चीनको सान्सी वाई–८क्यु मेरिटाइम पेट्रोल प्लेन तथा सान्सी वाई–९जेबी इलेकट्रोनिक इन्टेलिजेन्स एयरक्राफ्टसमेत छेउछाउ आएको जानकारी दिएका छन् ।
त्यस्तै केही दिनअघि चीनले जापानको जल क्षेत्रमा पनडुब्बी जहाज पठाएर घुसपैठ गरेको थियो । पूर्वी चीन सागरका केही टापुहरूमा दुई देशहरूबीच सीमा विवाद चल्दै आएको छ। त्यसै गरी विगत दुई वर्षयता ताइवानमा पनि चीनबाट खतरा बढेको छ। पिपुल्स लिबरेशन आर्मीले ताइवान तिर लडाकु विमानहरू उडाएर ताइवान द्वीपको वायु सेनाहरूलाई दैनिक रूपमा डराउने र सताउने प्रयास गरिरहेको छ।