arrow

पछिल्लो दुई महिनामा पाकिस्तानको व्यापार घाटामा व्यापक वृद्धि

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज ७ बिहिबार
Pakistan-Flag.jpeg
फाइल तस्बिर

इस्लामाबाद। पाकिस्तानको व्यापार घाटा पछिल्लो दुई महिनामा व्यापक वृद्धि भएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पाकिस्तानको निर्यात लगातार ओरालो लागेपछि व्यापार घाटा बढेको हो। 

द एक्सप्रेस ट्रिब्युनका अनुसार सरकारले जारी गरेको तथ्याङ्क अनुसार व्यापार घाटा नियन्त्रण गर्ने सरकारको योजना पूर्ण असफल भएको बताइएको छ। पाकिस्तान तथ्याङ्क ब्युरोले निर्यात अनुदानले मुद्राका अवमूल्यन गर्नुबाहेक अन्य कुनै सुधार हुन नसकेको बताइएको छ। 

मुलुकको व्यापार घाटा बढेसँगै केही नीतिगत निर्णय गर्न सरकारलाई सकस हुने बताइएको छ। जुलाई र अगस्तमा सरकारको निर्यात अपेक्षाभन्दा निकै कम भएको बताइएको छ। 

प्रधानमन्त्री इमरान खानले गत महिना आफ्नो वित्तीय टोलीसँग आयात घटाउने उपायबारेमा सल्लाह मागेका थिए। उक्त टोलीले अत्यावश्यक बाहेकका वस्तुको आयात कम गर्नुपर्ने, अटो मोबाइलको आयात घटाउनुपर्ने र आन्तरिक उत्पादनमा वृद्धि गर्नुपर्ने सुझाएका थिए। 

त्यसैगरी पाकिस्तानमा भित्रिने रेमिट्यान्समा पनि गिरावट आएको छ। घरेलु उत्पादनमा तीव्र वृद्धि नगरेसम्म र आयातलाई नघटाएसम्म व्यापार घाटा सन्तुलनमा आउने कुनै सङ्केतहरू नदेखिएको बताइएको छ। 

पाकिस्तानमा कोरोना महामारीका कारण आर्थिक सङ्कट परिरहेको समयमा देखिएको व्यापार घाटाले ठुलो क्षति पुर्‍याउने बताइएको छ। तर, सरकार भने यस विषयमा गम्भीर नबनेको विज्ञहरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ