arrow

राष्ट्रसंघ महासभा : खोपको समान वितरण हुनुपर्नेमा जोड

logo
एपी,
प्रकाशित २०७८ असोज ७ बिहिबार
corona-vaccine-covid.jpg

न्यूयोर्क । विश्वव्यापी रूपमा खोपको असमान वितरणका बारेमा संयुक्त राष्ट्रसंघको महासभामा कुरा उठेको छ । विषेश गरेर अफ्रिकी तथा खोपको पहुँच कम भएका देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनुपर्नेमा जोड दिएका हुन् । 

खोपको उपलब्धता सवै देशमा समान तरिकाले नभएमा विश्वमा ठूलो मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी पनि विश्व नेताहरुले दिएका छन् । 

धनी तथा शक्तिशाली र विकसित देशहरूले खोप आफुहरूमा केन्द्रीत गरेको र गरिब तथा अविकसित देशहरूमा खोपको पहुँच निकै कम भएको महासभामा बोल्ने बक्ताहरूले दावी गरेका हुन् । 

आगामी दिनमा यस बारेमा गम्भीरतापूर्वक ध्यान दिएर अहिलेको अवस्थामा सुधार ल्याउन समेत उनीहरूले माग गरेका छन् । 

नर्वेका प्रधानमन्त्री इर्ना सोल्बेर्गले भने, “कतिपय देशले आफ्ना अधिकांश नागरिकलाई खोप लगाएर अहिले महामारी नियन्त्रणको अवस्थामा पुगेका छन् तर कतिपय देशहरुले भने पर्याप्त खोप पाएका छैनन् । यसकारण खोपमा पहुँच नहुने देशको स्वास्थ्य प्रणाली दयनीय अवस्थामा रहेको छ । यो धेरै गम्भीर विषय हो ।” 

उनले थपे, “अफ्रिकी मुलुकहरुमा २० मध्ये एक जनाले मात्रै खोप पाएका छन् भने युरोपेली मुलुकहरूमा दुईमध्ये एक जनाले खोप पाएका छन्, यस्तो असमानता स्पष्ट रूपमा नराम्रो हो ।”

महासभामा दक्षिण अफ्रिका, बोट्स्वाना, अंगोला, बुर्किना फासो, लिबियालगायतका देशका नेताहरुले पनि खोपको असमान वितरणका बारेमा आवाज उठाएका थिए । 
 
विश्वमा आगामी वर्ष सन् २०२२ मा कोरोनाभाइरस विरुद्धको खोपको उपलब्धता समान हुने व्यवस्था गर्न पनि उनीहरूले माग गरेका थिए । 

सयुक्त राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा ७६औँ महासभा चलिरहेको छ भने विश्व नेताहरूको उल्लेख्य सहभागीता रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ