arrow

संसद भवनमा भएको आक्रमणमा ट्रम्पका चार सहयोगी तानिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
donald-trump1.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपतिको चुनावका बेलामा संसद भवनमा दंगा गराउन सघाएको आरोपमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका चार जना सहयोगीहरुको हात रहेको खुलासा भएको छ । छानबिन गर्न गठित समितिले ढिला गरी दिएको प्रतिवेदनमा चार जना तानिएका हुन् । 

ट्रम्पले चुनाव हारे पनि आफूले हार स्वीकार गरेका थिएनन् । उनले उल्टै विपक्षीले धाँधली गरेको आरोप लगाउँदै आफूले नै चुनाव जितेको दावी गरेका थिए । 

त्यसपछि संसदमा प्रमाणिकरण गर्ने दिन जनवरी ६ तारिखमा संसद भवनमा ट्रम्पका समर्थकले आक्रमण गरेका थिए । ट्रम्पले नै आक्रमण गर्न लगाएको आरोप विपक्षीले शुरुआतदेखि नै लगाइरहँदा उनका सहयोगीहरु यो घटनामा तानिएका हुन् । 

ट्रम्पका हिंश्रक समर्थक प्रदर्शनकारीहरुले क्यापिटल भवनमा आक्रमण गर्दा पुलिस अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । ती प्रदर्शनकारीले संसद भवन केही बेर नियन्त्रणमा लिएका थिए । 

आरोपी चारै जना ट्रम्पका सहयोगीहरु कर्मचारी हुन् । ट्रम्पका चिफ अफ स्टाफ मार्क मिडोज, डेपुटी चिफ डान स्काभिनो, पूर्व सल्लाहकारहरु स्टिभ बानन र काश पटेललाई मुद्दा चलाउन समितिले निवेदन दिएको छ । 

समितिले बयानका लागि आगामी अक्टोबर १४ र १५ तारिखमा बोलाएको छ । चारै जनामाथि चुनावबारे दुष्प्रचार गर्दै चुनावी परिणाम उल्टाउन भड्काएको लगाइएको छ । 

फराकिलो हारका बीच पनि ट्रम्पले भने हार स्वीकारेका थिएनन् । उनले लोकतन्त्रको खिल्ली उडाएका थिए । ट्रम्पले दुष्प्रचार गरेकै कारण उनका ट्वीटरसहितका कतिपय सामाजिक संजाल ह्याण्डल बन्द गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ