arrow

अमेरिकामा क्वाड राष्ट्रका प्रमुखहरूकाे बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
quad.jpg

काठमाडौं। क्वाड (चतुर्भुज सुरक्षा संवाद–क्वार्डिलेटेरल सेक्युरिटी डायलग) सङ्गठन राष्ट्रका प्रमुखहरूबिच शुक्रवार अमेरिकामा बैठक बस्दै छ । अमेरिका, अस्ट्रेलिया, जापान र भारतबिचको गठबन्धन क्वाड राष्ट्रका प्रमुखहरूबीच छलफल हुने भएको हो ।

स्थापना भएयता पहिलो पटक चारै देशका राष्ट्र प्रमुखहरूबीच व्यक्ति-व्यक्ति बैठक बस्न लागेकाे हाे । अमेरिकाले एसिया क्षेत्रका लागि आफ्नो नीति सशक्त बनाउँदै लगिरहेका बेला क्वाड राष्ट्रका प्रमुखहरू भेटवार्ता गरिरहेका हुन् । यसै कारण पनि क्वाडको अबको नयाँ रणनीति झनै महत्त्वपूर्ण हुने देखिएको छ ।

सन् २००७ मा अघि सरेको क्वाड झन्डै एक दशकसम्म अस्थिर बराबर रहेको थियो । तर, पछिल्लो समय चीनको आक्रमकता बढ्न थालेसँगै सन् २०१७ यता क्वाडले सक्रियता बढाएको छ ।

खास गरी एसिया र प्रशान्तमय क्षेत्रमा चीनको प्रभुत्वलाई काउन्टर दिने क्वाडले सक्रिय भूमिका खेल्ने मानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ