arrow

खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
Covid-vaccine-corona.jpg

तेल अभिभ । इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ ।   कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी सबैले कोरोनाभाइरस विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने व्यवस्था गरेको छ ।  कोरोनाभाइरस विरुद्धको खोप लगाएको कार्ड देखाएपछि मात्रै विद्यालय प्रवेश गर्न दिने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् ।
 
विद्यालयमा कोरोनाभाइरसको महामारी नफैलियोस् भन्ने उद्देश्यले खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिने व्यवस्था गरिएको उनीहरूले जनाएका छन् । 

त्यसै गरी यो निर्णयले सबैलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन दबाब सृजना गर्ने पनि सरकारी अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् । 
सरकारले देशभरि खोप अभियानलाई तीव्रता दिएको छ । विशेष गरेर शिक्षा क्षेत्रका व्यक्तिहरूलाई अहिले खोपका लागि प्राथमिकता दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ