arrow

भारतमा संक्रमित भन्दा संक्रमणमुक्तको सङ्ख्या धेरै

logo
एएनआई,
प्रकाशित २०७८ असोज ८ शुक्रबार
corona-india-keral.jpg

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारी अनुसार नयाँ संक्रमित मध्ये १९ हजार ६८२ जना केरलाका मात्रै रहेका छन् । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन लाख १६२ पुगेको छ । यो सङ्ख्या १८८ दिनपछिकै सबैभन्दा कम हो ।

पछिल्लो समय भारतमा महामारी निकै कम हुँदै गएको छ । नयाँ संक्रमित भएकाहरू भन्दा संक्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै देखिएकाले सक्रिय संक्रमितहरुको सङ्ख्यामा कमी आएको हो । 

पछिल्लो २४ घण्टामा ३२ हजार ५४२ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको अधिकारीहरूले जानकारी दिएका छन् ।भारतमा अहिलेसम्म कुल तीन करोड २८ लाख ४८ हजार २७३ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । 

कोरोनाका कारण भारतमा अहिलेसम्म चार लाख ४६ हजार ३६८ जनाको मृत्यु भएको छ । ती मध्ये ३१८ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ