arrow

उत्तर कोरियाले भन्यो- दक्षिणसँग युद्ध समाप्त गर्न तयार छौँ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
kim jong sister.jpg

काठमाडौँ । उत्तर कोरियाले दक्षिण कोरियासँग युद्ध समाप्त गर्न तयार रहेको बताएको छ । उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाले शत्रुतापूर्ण नीति त्यागेमा वार्ता गर्दै युद्ध समाप्त गर्न तयार रहेको बताएकी हुन् ।

सन् १९५३ देखि उत्तर र दक्षिण कोरियाबिच युद्ध चलेको थियो । युद्ध विराम भए पनि दुई देशबिच शान्ति सम्झौता भने भएको छैन ।

दक्षिण कोरियाले औपचारिक घोषणा रूपमा युद्ध समाप्तिका लागि प्रस्ताव गरेपछि उत्तर कोरियाबाट किमकी बहिनीले जवाफ दिँदै यस्तो बताएकी हुन्।

दक्षिण कोरियाका राष्ट्रपति मुन जेइनले अमेरिका र चीन लगायत सँगको सहकार्यमा औपचारिक रूपमै कोरियाली युद्ध अन्त्य गर्ने प्रस्ताव उत्तरसँग राखेका थिए ।

उत्तरकी नेतृ किम यो जोङले 'दक्षिण कोरियाले दोहोरो व्यवहार, तर्कहीन विभेद, खराब बानी र आफ्ना जस्तासुकै क्रियाकलापलाई उचित ठहर्‍याउने अनि अरूले आत्मरक्षामा चालेको कदमलाई पनि गलत भन्ने तरिका बन्द हुनुपर्ने', सर्त राखेकी छन् ।

यी पूर्वशर्त पूरा भएमा उत्तर कोरिया शान्ति सम्झौताका लागि तयार भएको उनले बताएकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ