arrow

दिल्ली अदालतमा गोली चल्यो, ग्याङस्टरसहित तीन जना मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
delhi.jpg

काठमाडौँ । दिल्लीको रोहिणी अदालतमा गोलाबारी हुँदा तीन जना मारिएका छन् । ग्याङस्टर जितेन्द्रमान गोगीलाई न्यायाधीश समक्ष पेस गरिएका बेला अदालतभित्र अर्को ग्याङका हतियारधारीहरुले गोली चलाएका हुन् ।

तिलु ताजपुरिया ग्याङको रहेको अनुमान गरिएका हतियारधारीहरू वकिलको ड्रेस लगाएर आएका थिए । ३५ देखि ४० राउन्ड गोली चल्दा ग्याङस्टर जितेन्द्रमान गोगी मारिएका हुन् । त्यसपछि प्रहरीको जवाफी कारबाहीमा परेर गोली चलाउने दुई जना मारिएका हुन् । यस्तै एक वकिल महिला घाइते भएकी छन् ।

ग्याङस्टर गोगीलाई गत अप्रिलमा पक्राउ गरिएको थियो । उनीमाथि हत्या एवं अन्य आरोपहरू थिए । सन् २०१८ मा गोगी समूहका र तलिु ताजपुरिया समूहका ग्याङस्टरबिच युद्ध भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ