arrow

बाइडेनसँग ह्वाइट हाउसमा मोदीको भेट हुँदै

logo
एएनआई,
प्रकाशित २०७८ असोज ८ शुक्रबार
biden-modi.jpg

वासिङ्टन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग शुक्रवार भेटवार्ता गर्दै छन्  । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आएका मोदीले शुक्रवार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नुहुने कार्यक्रम तय भएको छ ।  

बाइडेनले गत २० जनवरीमा अमेरिकी राष्ट्रपतिको पद सम्हालेपछि यी दुई नेताबिच पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको भारतीय विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले जानकारी दिएका छन् । तीन दिने अमेरिका भ्रमणका क्रममा उनले अन्य देशका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ । सबै भेटवार्तामा उनले साझा चासो, दुई पक्षीय हित, आपसी सहकार्य तथा सम्बन्धलाई अझ बलियो बनाउने लगायतका विषयमा कुराकानी गर्ने छन्  ।

प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आङकवादसँग लड्ने उपायबारे छलफल हुने अपेक्षा गरिएको छ । 

उनीहरुबीच रक्षा, व्यापार सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई दुई देशका बिचमा अझ बलियो बनाउने बारेमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको  पछिल्लो घटनाक्रम र क्षेत्रीय सुरक्षा स्थितिबारे छलफल हुने बताइएको छ । 

बुधबार अमेरिका आएका मोदीले क्वाड शिखर सम्मेलनमा भाग लिने र संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  उनले क्वाड शिखर सम्मेलनमा शुक्रवार नै भाग लिने छन् भने न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्को ७६औँ महासभालाई शनिवार सम्बोधन गर्नेछन् ।

 क्वाड सम्मेलनमा जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अस्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनसमेत सहभागी हुने छन् ।प्रधानमन्त्री मोदीले सेप्टेम्बर २२–२५ को अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्ने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ