arrow

जर्मनीको हामबर्गमा अफगानीहरूद्वारा तालिबानविरुद्ध प्रदर्शन

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज ९ शनिबार
afghanis-domonstrate-taliban-germany.jpg

हामवर्ग। अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि विश्वका विभिन्न मुलुकहरूमा रहेका अफगानीहरूले तालिबान शासनको विरोधमा प्रदर्शन गरिरहेका छन्। पछिल्लो समय जर्मनीको हामबर्ग सहरमा अफगानीहरूले तालिबानको शासनविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरूले तालिबानी अवैध शासनलाई मान्यता नदिन पनि आग्रह गरेका छन्। 

प्रदर्शनकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा महिला अधिकार सुनिश्चित गर्न र देशको सम्मानको रक्षा गर्न तालिबान समूहलाई दबाब दिन आग्रह गरेका छन्। विद्रोहीले अफगानिस्तान कब्जा गरेपछि तालिबान समूहको विरुद्ध जुलुस र विरोध प्रदर्शन भइरहेका छन्।

राष्ट्रिय झन्डा समातेर अफगानिस्तानका नागरिकहरूले अफगानिस्तानमा महिलाहरूको अधिकार सुनिश्चित गर्न, देशको अस्तित्व, स्वतन्त्रता, मानवअधिकार र नागरिक अधिकारको साथमा राष्ट्रिय सम्मानको सुरक्षाको माग राखेका पोस्टरहरू फहराएका छन्।

तालिबान समूहले काबुलमा प्रवेश गरेर अगस्त १५ मा अफगानिस्तान नियन्त्रण लिएपछि भएका विरोध प्रदर्शनलाई बढ्दो हिंसात्मक प्रतिक्रिया दिएको भन्दै संयुक्त राष्ट्र सङ्घले शुक्रवार आलोचना गरेको छ।

अफगानिस्तानको विभिन्न भागमा अगस्ट १५ देखि तालिबान प्रशासनविरुद्ध प्रदर्शन भइरहेको छ। तालिबान सरकारले गठन गरेको अन्तरिम सरकारमा पनि महिला सहभागिता शून्य गराएको भन्दै व्यापक विरोध प्रदर्शन गरिएको थियो। राजधानी काबुललगायतमा क्षेत्रमा भएका विरोध प्रदर्शनहरूलाई तालिबान समूहले दमन गरेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ