arrow

बेलायती मन्त्रीले भने भारतीय यात्रीहरुको क्वारेन्टाइन समस्या समाधान हुँदैछ

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज ९ शनिबार
india-uk.jpg

काठमाडौं। बेलायतका दक्षिण एसिया र राष्ट्रमंडल राज्य मन्त्री तारिक अहमदले भारतीय यात्रुको क्वारेन्टाइन सम्बन्धी समस्या समाधान गर्न काम भइरहेको बताएका छन्। संयुक्त राष्ट्र संघको ७६ औं सम्मेलनका लागि अमेरिकामा रहेका बेला भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलासँगको छलफलमा बेलायती मन्त्री तारिक अहमदले यस्तो बताएका हुन्।

बेलायतले पूर्ण खोप लगाएर बेलायत प्रवेश गर्ने नागरिकहरुले क्वारेन्टाइन बस्न नपर्ने निर्णय गरेको थियो। तर, भारतबाट जाने नागरिकहरुले पूर्ण खोप लगाएकै भएपनि क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ।

अक्सफोर्डर एस्ट्राजेनको, फाइजर, मोडर्ना र जान्सेन खोपको पूर्ण मात्रा लगाएका अस्ट्रेलिया, बार्बाडोस, बहराइन्, बुर्नइ, क्यानडा, जापान, कुवेत, मलेसिया, ताइवान, दक्षिण कोरियालगायतका देशका नागरिहरुले क्वारेन्टाइन बस्न नपर्ने निर्णय बेलायतले गरेको थियो। तर, भारतका नागरिकले पूर्ण खोप लगाए पनि क्वारेन्टाइन बस्नै पर्ने र बाहिर हिडडुल गर्न कोरोना परीक्षण गरी नेगेटिभ हुनु पर्ने निर्णय गरेको थियो।

यो बिषयालाई लिएर भारतमा बेलायतको व्यापक विरोध भइरहेको छ। यसबीच बेलायती मन्त्री अहमदले भारतीय विदेश सचिव श्रृंगलालाई यस बिषयमा समाधानका लागि काम भइरहेको आश्वासन दिएका हुन्।

बेलायती अधिकारीहरुले यस बिषयमा काम गरिरहेको भन्दै चाँडै समाधान हुने उनले बताएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ