arrow

जनरल एटोमिकका सीईओले भने- ड्रोन क्षेत्रमा भारतको नीति र सुधार प्रशंसनीय

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज ९ शनिबार
general-atomic-ceo.jpg

काठमाडौँ। अमेरिकी ऊर्जा एवं रक्षा कर्पोरेसन जनरल एटोमिकका सीईओले ड्रोनका क्षेत्रमा भारतको नीति प्रशंसनीय भएको बताएका छन्। शनिवार अमेरिकामा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत (सिईओ)विवेक लालसँग छलफल गरेका थिए।

भारतमा ड्रोन उत्पादनका लागि विशेष पहल चालिएको कुराको प्रशंसा गर्दै उनले भारत ड्रोन उत्पादनको हब हुनसक्ने बताएका छन्। ड्रोन उत्पादनका लागि भारत विशेष गन्तव्य हुनसक्ने एवं कुनै ड्रोनको हब नै बन्न सक्ने उनले बताएका हुन्।

यस्तै कम्पनीले अन्तरिक्ष क्षेत्रमा भारतले गरेको प्रगतिको समेत प्रशंसा गरेको छ। जनरल एटोमिकले भारतमा सन् २०१८ मा कार्यालय खोलेको थियो। यसले अमेरिका र भारतसम्बन्धीलाई प्रगाढ बनाउन झनै मद्दत गरेको छ।

अमेरिका र भारतीय आधुनिक प्रविधिलाई एक अर्को देशमा विस्तार गर्न कम्पनीले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ