arrow

विप्लव समूहको बैठक: जनमत संग्रह कि संसदीय व्यवस्था भन्ने विषयमै अन्योल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
chand-biplab.jpg

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थाले हाल नेपालमा देखिएको सबै समस्या समाधान हुन नसक्ने निष्कर्ष निकालेको छ ।

तनहुँको बन्दिपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले संसदीय व्यवस्था मान्न नसकिने भएकाले प्रगतिशील संयुक्त सरकार बनाएर जनमत संग्रहमा जाने गरी बहस अघि बढाइने निष्कर्षमा पुगेको हो ।

उक्त पार्टीका नेता धर्मेन्द्र बाँस्तोलाका अनुसार राजनीतिक एजेन्डाहरुका बारेमा देशब्यापी प्रशिक्षण कार्यक्रम गर्ने, राजनीतिक बन्द्रीहरुको तत्काल रिहाइका लागि सरकारलाई दबाब दिने साथै महाधिवेशन गर्ने विषयमा निर्णयहरु भएका छन् । बाँस्तोलाले हाम्राकुरासँग भने,‘आगामी संसदीय चुनावमा भाग लिने नलिने विषयमा बहस जारी छ । जनमत संग्रहको अवस्था नआए मात्र संसदीय व्यवस्थाका विषयमा थप छलफल गर्ने विषयमा छलफल भएको छ ।’

असोज १ देखि ५ गतेसम्म बसेको बैठकले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न पहल गर्ने निर्णय भएको बाँस्तोलाले बताए । बैठकले विचार मिल्ने पार्टीहरुसँग कार्यगत एकता र रणनीतिक मोर्चा बनाएर अघि बढ्ने निर्णय गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ