arrow

साइबेरियामा माछा मार्दै बिताए पुटिनले 'सेल्फ-आइसोलेसन'काे समय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
putin.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साइबेरिया क्षेत्रमा माछा मार्दै, पदयात्रा गर्दै सेल्फ-आइसोलेसनको समय बिताएका छन् ।

उनको कार्यालयभित्रकै कतिपय अधिकारीहरूमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि पुटिनले केही दिन आफू अलग बस्ने निर्णय गरेका थिए ।

यस्तै उनले सुरक्षा सम्मेलनका लागि ताजकिस्तानका जाने योजना समेत स्थगित गरेका थिए । 

आइसोलेसनको समयमा पुटिनले साइबेरिया क्षेत्रमा पदयात्रा गरेका एवं माछा मारेका तस्बिरहरू सार्वजनिक गरेका छन् ।

यसअघि पुटिनले घोडा सवार, सिकार गर्ने राइफल बोकेको, लडाकु विमान चलाइरहेको जस्ता मन जित्ने तस्बिर सेयर गरेका थिए ।

यस पटक उनका २० तस्बिर सार्वजनिक भएका छन् । जसमा उनी नदीमा माछा मारिरहेका, घाँसे फाँटमा हिँडिरहेका र रक्षा मन्त्री सर्गेई शोयुगुसँग कुरा गरिरहेको देखिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ