arrow

भारतमा उत्पादित कोभिशिल्ड खोपले बेलायतमा पायो मान्यता

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज १० आइतबार
covishiled.jpg
फाइल तस्बिर

बेलायत। बेलायतले भारतमा उत्पादन भएको कोभिडशिल्ड खोपलाई मान्यता दिएको छ। विदेशीलाई लक्षित गरी तयार पारिएको यात्रा निर्देशिकामा बेलायतले कोभिडशिल्डलाई मान्यता दिएको जनाएको छ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका कम्पनीले विकास गरेता पनि भारतमा उत्पादन भएकाले बेलायतले हालसम्म कोभिशिल्डलाई मान्यता दिएका थिएन।

कोभिशिल्ड लगाएकाले बेलायत जान पाए पनि खोप लगाएका भारतीयले बेलायतको भ्रमण गर्दा अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियमबारे भने केही खुलाइएको छैन।

यसअघि बेलायत यात्रामा जाने हरेक भारतीय १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने सो निर्देशिकामा उल्लेख थियो।

कोभिडशिल्डलाई बेलायतले मान्यता नदिँदा भारतमा त्यसको तीव्र विरोध भएको थियो। भारतमा ७२ करोड भन्दा बढीले कोभिड खोप लगाएका छन्। तीमध्ये धेरै भारतीयले कोभिशिल्ड लगाएका छन्।

बेलायतको नियम विभेदकारी भएको गुनासो गर्दै भारतले पूर्ण खोप लगाएका आफ्ना नागरिकलाई क्वारेन्टिनमा बस्न बाध्य नपार्न माग गरेको थियो।

बेलायतले अझै पनि भारतलाई पूर्ण खोप लगाएको देशको सूचीमा भने राखेको छैन। तसर्थ बेलायत जाने सबै भारतीयले त्यहाँ निर्बाध हिँडडुल गर्न पछिल्लो पटक कोभिड परीक्षण गरेको प्रमाण पेस गर्नुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ