arrow

जर्मन चुनाव : एन्जेला मर्केलको पार्टीलाई हराउँदै 'सोसल डेमोक्रेट' विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
olaf scholz germany spd.jpeg

काठमाडौं । जर्मनीको सेन्टर-लेफ्ट सोसल डेमोक्रेट (एसपीडी)पार्टीले निवर्तमान चान्सलर एन्जेला मर्केलको पार्टीलाई सामान्य मतले पराजित गर्दै जित हात पारेको छ । एसपीडीले २५.७ प्रतिशत मत हात पारेको हो ।

सत्तारुढ कन्जरभेटिब पार्टी (सीडीयु)ले २४.१ प्रतिशत मत हात पारेको छ । यस्तै दि ग्रिनले इतिहासमै धेरै १४.८ प्रतिशत मत हात पारेको छ ।

सरकार बनाउन अब जर्मनीमा गठबन्धन हुनेछ । एसपीडीका नेता ओलाफ स्कोल्जले आफ्नो पार्टीलाई सरकार बनाउनका लागि जनादेश रहेको बताएका छन् ।

अब, नयाँ सरकार गठन हुँदासम्म निवर्तमान चान्सलर मर्केल रहिरहनेछन् । क्रिसमससम्म नयाँ सरकार गठन भइसक्ने अपेक्षा गरिएको छ ।

अबको नयाँ चान्सलरको काम भनेको आगामी चार बर्ष युरोपको अग्रणी अर्थतन्त्रको नेतृत्व गर्नु हो । यसका साथै जलवायु परिवर्तनको एजेन्डा मतदाताहरूको शीर्ष प्राथमिकतामा रहेको छ।

एसपीडीले २ सय ६ सिट जितेको हो । यस्तै सीडीयुले १९६ सिट जितेको छ । जुन निवर्तमान चान्सलर मर्केलको पार्टी हो । सीडीयुको नेतृत्व आमिर्न लाशेटले गरिरहेका छन् ।

यस्तै दि ग्रिन पार्टीले ११८ सिट जितेको छ । जसको नेतृत्व अन्नालेना बेर्बकले गरिरहेकी छन् । यस्तै किस्टियन लिन्दनरको पार्टी एफडीपीले ९२ सिट जितेको छ । एएफडीले ८३, दि लेफ्ट पार्टीले ३९ र अन्यले १ सिट जितेको छ ।

झन्डै ६ करोड मतदाताहरूले जर्मनीको सांसदका लागि भोट हालेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ