arrow

राष्ट्रसंघीय महासभामा इमरान खानलाई जवाफ दिन भारतले प्रयोग गर्यो 'राइट टु रिप्लाइ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
imran-khan-PM.jpg
फाइल तस्बिर

न्युयोर्क। संयुक्त राष्ट्र संघको ७६ औं महासभामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उठाएका प्रश्न र लगाएका आरोपहरुको जवाफ दिनका लागि भारतले 'राइट टु रिप्लाइ'को प्रयोग गरेको छ। प्रधानमन्त्री खानले आफ्नो सम्बोधनका क्रममा काश्मीर मुद्दालाई उठाएका थिए।

पाकिस्तानले भारतमा शान्ति चाहेको उल्लेख गर्दै खानले दक्षिण एसियाली क्षेत्रको शान्तिका लागि जम्मु काश्मीर विवादको समाधान हुनुपर्ने बताए। उनले भने, 'भारतले परिणाम केन्द्रित वार्ताका लागि निर्णायक वातवरण सिर्जना गर्नुपर्नेछ साथै अफगानिस्तानमा स्थायित्व कायम गर्नका लागि अन्तर्राष्ट्रिय समुदायले समर्थन गर्नुपर्छ।' खानले तालिबानलाई समर्थन गर्दै विश्व समुदायको आलोचना समेत गरे।

भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले अफगानिस्तान र आतंकवादसँग पाकिस्तानको संलग्नताका विषयमा क्वाड बैठकमा पनि छलफल भएको बताएका छन्। भारत र अमेरिकाले पाकिस्तान भूमिकाबारे प्रश्न उठाएका थिए। पाकिस्तानले भारतले जम्मु काश्मिरका जनतामा आतंक सिर्जना गरेको आरोप लगाएको थियो। 

महासभामा राइट टु रिप्लाइ अन्तर्गत पाकिस्तानी प्रधानमन्त्रीले लगाएका आरोपको जवाफ दिँदै भारतले पाकिस्तानको कडा आलोचना गरेको हो। भारतले पाकिस्तान आतंकवादको समर्थन गर्ने राष्ट्र भएको बताएको छ। भारतले भन्‍यो, विश्‍व समुदायलाई नै जानकारी छ कि पाकिस्तान आतंकवादीहरुको हतियार हो भन्‍ने कुरा।

राष्ट्रसंघको महासभामा भारतका प्रथम सचिव स्‍नेहा दुबेले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अभिव्यक्तिप्रति कडा विरोध जनाएकी हुन्। उनले पाकिस्तानी प्रधानमन्त्रीले भारतको आन्तरिक मामिलालाई अन्तर्राष्ट्रिय मञ्‍चमा ल्याएर झुटो कुरा फैलाउँदै भारतको छवि बिगार्न खोजेको आरोप लगाएकी हुन्। भारतको छविमा छ्यापिएको हिलो पखाल्‍नका लागि आफूले राइट टु रिप्लाइको प्रयोग गरेको उनले बताएकी हुन्। 

राष्ट्रसंघको सुरक्षा परिषद्को प्रतिबन्धको सूचीमा रहेका अधिकांश आतंकवादीहरु पाकिस्तानको शरणमा रहेकोसमेत उनले दाबी गरेकी छन्। विश्‍वका प्रहरीको खोजीमा रहेका आतंकवादी ओसामा बिन लादेनलाई पनि पाकिस्तानले संरक्षण गर्दै शरण दिएको उनको आरोप छ। अहिले पनि पाकिस्तानले बिन लादेनलाई सहिद घोषणा गरेको उनले जानकारी गराइन्। 

उनले भनिन्, 'पाकिस्तान आतंकवादीहरुको पालनपोषणा गर्छ। हामीले सुन्‍ने गरेका छौं कि पाकिस्तान आफैं आतंकवादको सिकार बनेको छ। पाकिस्तान एक यस्तो देश हो, जस्ले आफै अग्‍नि नियन्त्रक बनेर आगो लगाउने गर्छ। पाकिस्तानमा बहुलतावादको कुरा त कल्पना पनि गर्न सकिँदैन। पूरा जम्‍मु काश्म‍ीर र लद्दाख भारतको हिस्सा हो र सधैं रहिरहने छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ