- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दल विभाजन सम्वन्धि अध्यादेश फिर्ता लिइने बताएका छन् ।
आज सोमबार बसेको स्थायी कमिटीको बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि अध्यादेशले समस्या बनाएको भन्दै प्रचण्डले सो अध्यादेशलाई फिर्ता लिने विषयमा सत्ता गठवन्धनमा सहमति जुटेको बताए । उनले अध्यादेश फिर्ताभएपछि तत्कालै मन्त्रिपरिषद् विस्तार हुनेसमेत भनेका छन् ।
‘राजनीतिक दल विभाजन सम्वन्धि अध्यादेशका विषयमा ब्यापक छलफल भयो, अध्यादेश फिर्ता नभए मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ हुने अवस्था छ, त्यसकारण अध्यादेश फिर्ता लिएर सरकार विस्तार गर्ने विषयमा गठवन्धनमा सहमति बनेको छ, अध्यादेश फिर्ता हुँदैछ,’ बैठकमा प्रचण्डले भनेका छन् ।
बैठकपछि माओवादी केन्द्रका नेता देव गुरुङले संचारकर्मीहरुसँगको कुराकानीमासमेत कानुनी जटीलता फुकाएर अध्यादेश फिर्ता लिने विषयमा अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराएको बताए ।
माओवादी केन्द्रले भोली मंगलबारसम्म सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम बारे निर्णय लिने छ । सम्भवतः बुधबारसम्म मन्त्रिपरिषद् विस्तार हुनेछ ।