- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। सरकारले अध्यादेश फिर्ता लिने तयारी गरेको बेला माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) सांसद विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले आइतबारको गठबन्धन बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट मन्त्रि हरुको सूची बुझाएका छन्।
नेकपा एसका एक नेताले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, किसान श्रेष्ठ र जीवनराम श्रेष्ठको नाम देउवालाई दिइएको छ। तनहुँमा रामचन्द्र पौडेललाई हराएर आएका श्रेष्ठलाई देउवा नेतृत्वको सरकारमा सहभागी गराउन लागिएको हो। माधव नेपालले ६ वटा मन्त्रालय पाउदैछ। एक राज्यमन्त्रीमा भवानी खापुङलाई पठाउने तयारी भएको स्रोतको दाबी छ।
तर यो सूची हेरफेर हुनसक्ने नेपाल निकट एक नेताले बताए। मन्त्रालयमा गठबन्धनबीच सहमति बनेको छैन। परराष्ट्र मन्त्रालय सत्ता गठबन्धन मध्ये जनता समाजवादीलाई दिने भनिए पनि देउवाले नारायण खड्कालाई मन्त्री बनाएपछि सत्ता गठबन्धनमा केही दरार आएको छ।
मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरिन सकेको भए पनि भोलिसम्म क्याबिनेटको निर्णय लेख्न बाकी भएकाले भोलि सो निर्णयलाई उल्लेख गरेर बुधवारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनधारी दलको तयारी छ।
माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले पनि अध्यादेश फिर्ता लिँदै चाँडो सरकार विस्तारका लागि पहल लिने निर्णय गरेको थियो। माओवादी बैठकको मुख्य एजेण्डानै त्यही भएकाले सरकारले आजकै मन्त्रिपरिषद् बैठकबाट सो अध्यादेश फिर्ता गर्ने निर्णय गरिसकेको भए पनि बाहिर सार्वजनिक नगरेको स्रोतको दाबी छ।