arrow

राष्ट्रपतिमाथि अण्डाले डण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
emmanuel-macron.jpg
तस्वीर–फाइल ।

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँमाथि दोस्रो पटक आक्रमण भएको छ । चार महिनाको अवधिमा उनीमाथि दोस्रो पटक आक्रमण भएको हो । सोमबार ल्योनमा पुगेका उनीमाथि एक जनाले क्रान्ति जिन्दावादको नारा लगाउँदै अन्डाले हिर्काएका थिए ।

त्यतिबेला म्याक्रोँ इन्टरनेशनल क्याटरिङ एन्ड हस्पिटालिटी फेयरमा सामेल हुने क्रममा समर्थकहरुसँग कुराकानी गरिरहेका थिए । 

यो नारा फ्रान्सको क्रान्ति (सन् १७८९–१७९९) को सन्दर्भमा लगाइने गरिन्छ । घटनापछि म्याक्रोँले उसलाई केही बताउन बाँकी छ भने उसलाई लिएर आउ म कुराकानी गरौंला भनेर अंगरक्षकलाई भनेका थिए । 

राष्ट्रपति कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन । म्याक्रोंँमाथि गत जुन ८ तारिखमा एक जनाले थप्पड हानेका थिए । त्यतिबेला पनि उनले मानिसहरुसँग कुराकानी गरिरहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ