arrow

बेलायतमा फेरि बढ्न थाल्यो सङ्क्रमण, एक दिनमा ३७ हजार सङ्क्रमित

logo
रासस-सिन्ह्वा
प्रकाशित २०७८ असोज १२ मंगलबार
corona-test-england.jpg
फाइल तस्विर।

लण्डन। बेलायतमा सोमबार एकै दिनमा ३७ हजार भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। ती सङ्क्रमितहरू पछिल्लो २४ घण्टामा थपिएका समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएकामा त्यो सङ्ख्या बढेर सोमबार ३७ हजार ९६० जना पुगेको हो । यसरी यहाँ हरेक दिन सङ्क्रमितहरू थपिँदै गएको पाइएको छ । 

त्यसै गरी यहाँ गएको २४ घण्टा यता मात्र ४० जनाको यो सङ्क्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या १ लाख ३६ हजार २०८ जना पुगेको पनि बताइएको छ । 

यहाँ अहिलेसम्म ७६ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिए पनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

अधिकारीहरूले यहाँ पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमितहरू थपिने गरेका बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ