arrow

भूकम्प गएको क्षेत्रमा ग्रिसका प्रधानमन्त्रीको भ्रमण

logo
एएफपी,
प्रकाशित २०७८ असोज १२ मंगलबार
greece-map.jpg

एथेन्स । ग्रिसको सबैभन्दा ठूलो टापु क्रीटमा भूकम्प गएको एक दिनपछि यहाँका प्रधानमन्त्रीले सो क्षेत्रको भ्रमण तयारी गरेका छन् । शक्तिशाली भूकम्पको कारण एक व्यक्तिको मृत्यु हुनुको साथै सयौं भवनहरु क्षतिग्रस्त भएका छन् भने कैयौ व्यक्ति घरबारविहीन भएका छन ।

स्थानीय समयानुसार सोमबार बिहान ७:४८ बजे बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको एक दिनपछि ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले यस क्षेत्रको भ्रमण गर्ने तयारी गरेका हुन् । प्रारम्भिक निरीक्षणबाट प्राप्त विवरणहरुका अनुसार सोमबार गएको यस भूकम्पबाट करिब एक हजार भवनहरु क्षतिग्रस्त भएका थिए ।

 यस भूकम्पको केन्द्रविन्दु कृषिशहर अर्कलोचोरीनजिकै १० किलोमिटर गहिराईमा रहेको थियो । यस भूकम्पको कारण चर्च भत्किएर एक व्यक्तिको मृत्यु हुनको  साथै करिब एक दर्जन अन्य मानिसहरु घाइते भएका थिए । आफ्नो घरलाई असुरक्षित मान्दै सयौं मानिसहरुका अहिले पनि त्रिपालमा बसेका छन् । भूकम्पपिडितहरुलाई दर्जनौं होटलका कोठाहरु पनि उपलब्ध गराइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  

यसअघि ग्रिसमा मार्च ३ मा पनि भूकम्प गएको थियो । त्यस भूकम्पमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दश घाइते भएका थिए भने भौतिक रुपमा ठूलो क्षति भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ