arrow

चीनमा पानीजहाज दुर्घटना हुँदा बाह्रको मृत्यु, अरु कैयौँ बेपत्ता

logo
एएनआई-रासस,
प्रकाशित २०७८ असोज १२ मंगलबार
ship-sank.jpg
फाइल तस्बिर

गुयाङ ।  चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।  जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन  जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

अत्यधिक भारीका कारण पानी जहाज पल्टीएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ । 

खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ