arrow

जापानले कोरोना भाइरसको आपत्काल समाप्त गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
japan-corona.jpg

काठमाडौँ । जापानले यसै सातादेखि कोरोना भाइरसको महामारीलाई लिएर गरेको आपत्कालीन घोषणा हटाउने भएको छ। मङ्गलवार जापानका प्रधानमन्त्री योशिहिडे सुगाले बिहीबारदेखि आपत्काल समाप्त हुने र अर्थतन्त्र चलायमान हुने बताएका हुन् ।

सरकारले कोभिड१९ नियन्त्रणका लागि उपचार र खोपलाई भने उच्च प्राथमिकता दिने बताइएको छ । यस्तै खोप पासपोर्ट र परीक्षणलगायतका उपायसमेत अधिकारीहरूले अपनाउने भएका छन् ।

जापानले गत अप्रिलदेखि पछिल्लो आपत्काल घोषणा गरेको थियो । जसको मिति लम्ब्याउँदै लगिएको थियो । जापानमा हालसम्म झन्डै १७ लाख भन्दा बढी सङ्क्रमित भइसकेका छन् भने १७ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

यद्यपि, आपत्काल हटाए पनि सय प्रतिशत खुला नगरिने र सङ्क्रमण नियन्त्रणका लागि विशेष सावधानी अपनाइने अधिकारीहरूले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ