arrow

ग्रिसले फ्रान्सबाट ३ लडाकु जहाज किन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
macron greece.jpg

काठमाडौँ । ग्रिसले फ्रान्सबाट तीन वटा लडाकु जहाज (फ्रिगेट्स)किन्ने भएको छ । दुवै देशको रणनीतिक सम्बन्धलाई थप मजबुत बनाउन र भूमध्य सागरमा साझा हितको रक्षा गर्न ग्रिसले लडाकु जहाज किन्ने भएको हो ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले मङ्गलवार यस्तो बताएका हुन् । एलेसी प्यालेसमा ग्रीक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिससँग हस्ताक्षर समारोहमा म्याक्रोनले भने, 'यो सम्झौता युरोपेली रणनीतिक स्वायत्तताको लागी एक साहसी कदम हो ।'

यो सम्झौता हालै अस्ट्रेलियाले फ्रान्ससँगको अर्बौँ डलरको पनडुब्बी सम्झौता खारेज गरेपछिको एक सङ्केतका रूपमा समेत हेरिएको छ । म्याक्रोन लामो समयदेखि युरोपले आफ्नै रक्षा क्षमताको विकास गर्नुपर्ने मान्यता राख्दै आएका छन् ।

ग्रिस प्रधानमन्त्री मित्सोटाकिसले भनेका छन्,'आज ग्रिस र फ्रान्स को लागी एक ऐतिहासिक दिन हो, हामीले हाम्रो बहुपक्षिण रक्षा सहकार्यलाई नयाँ उचाइ दिने निर्णय गरेका छौँ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ