arrow

चिनियाँ तनावका बीच जापान र भियतनाबीच रक्षा हस्तान्तरण सम्झौतामा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
japan-vietnam-flag.jpeg

टोकियो। चीनको बढ्दो सैन्य प्रभाव र तनावका बीच जापान र भियतनामबीच रक्षा उपकरण हस्तान्तरण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता पछि जापानमा निर्मित रक्षा उपकरण र प्रविधि भियतनाममा निर्यात गरिने भएको हो। 

जापानका रक्षा मन्त्री नोबुओ किशीले हस्ताक्षर भएको सम्झौताले दुई देशहरूको रक्षा साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने बताएका छन्। जापान र भियतनामले बहुराष्ट्रिय संयुक्त अभ्यास र अन्य माध्यमबाट रक्षा सम्बन्धलाई गहिरो बनाउने योजना बनाएको छ। 

जापानको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नौसेनाका जहाजहरूसहित विशिष्ट उपकरणहरूको स्थानान्तरणको बारेमा विवरणहरू छलफलपछि तय गरिने जनाएको छ। 

भियतनामी समकक्षी फान भान जियानसँग हनोईमा किशीको भेट भएको थियो। चिनियाँ विदेश मन्त्री वाङको भियतनाम भ्रमणभन्दा दुई दिनपछि जापानी रक्षा मन्त्री भियतनाम पुगेका हुन्। 

चिनियाँ कूटनीतिज्ञले भियतनामलाई कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको ३० लाख डोज उपलब्ध गराउन चिनियाँ विदेश मन्त्री भियतनाम पुगेको बताएका छन्। उनले चीन र भियतनामले दक्षिण चीन सागर सम्बन्धी कुनै पनि एकपक्षीय कारबाहीबाट टाढा रहनुपर्ने अवस्था आउन सक्ने र यसले परिस्थितिलाई जटिल बनाउन र असहमति बढाउन सक्ने भएकोले त्यसबारे छलफल भएको पनि बताइएको छ। 

जापान र चीन पनि एक क्षेत्रीय विवादमा फसेका छन्। टोकियो नियमित रूपमा जापानी नियन्त्रण सेन्काकु टापुहरूको नजिक पूर्वी चीन सागरमा चिनियाँ कोस्टगार्डको उपस्थितिको विरोध गरिरहेको छ। तर, चीनले भने उक्त क्षेत्र आफ्नो दाबी गरिरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ