arrow

कार्बन उत्सर्जन घटाउन अमेरिका र भारतद्वारा हाइड्रोजन बायोफ्युल कार्यदल गठन

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज १३ बुधबार
modi-biden-india-usa.jpg
फाइल तस्बिर

वाशिङटन। अमेरिकी ऊर्जा विभागले आफ्नो भारतीय समकक्षसँग स्वच्छ ऊर्जा प्रविधिको उपयोग विस्तार गर्न हाइड्रोजन बायोफ्युलका लागि नयाँ सार्वजनिक निजी कार्यदल गठन गरेको छ। 

रणनीतिक स्वच्छ ऊर्जा साझेदारी (एससीईपी) अन्तर्गत, ऊर्जा विभागले भारतीय समकक्षीहरूसँग मिलेर एक नयाँ सार्वजनिक निजी हाइड्रोजन टास्क फोर्सको साथसाथै एक बायोफ्युट टास्क फोर्स गठन गरेको हो। यी कार्यदलहरूले स्वच्छ ऊर्जा प्रविधिको उपयोगको विस्तार गर्न मद्दत गर्ने ऊर्जा विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

संयुक्त राज्य र भारत दुवैले यस वर्षको अन्त्यमा ग्लासगोमा हुने २६ औँ संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (सीओपी२६) मा एक सफल नतिजालाई बढवा दिने प्रतिबद्धता व्यक्त गर्ने बताइएको छ। 

सन् २०३० सम्म अमेरिकाले २००५ को तुलनामा करिब ५० देखि ५२ प्रतिशत अर्थतन्त्र हरित गृह ग्याँस उत्सर्जन घटाउन राष्ट्रिय स्तरमा वृद्धि गर्ने बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ